दार्चुलाबाट बार्षिक झण्डै हजार युवा रोजगारीका लागि बाहिरिन्छन्  

६ बर्ष अघि

२0७५ असार ३२ सोमबार

दार्चुलाबाट बार्षिक झण्डै हजार युवा रोजगारीका लागि बाहिरिन्छन्  

सुलोचना महता, असार ३२ दार्चुला । दार्चुला जिल्लाबाट एक बर्षको अवधिमा रोजगारीका लागि झण्डै हजार युवाहरु बाहिरीने गरेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७४ श्रावण १ देखि २०७५ असार ३२ गते सम्मको जिल्लाबाट राहदानी बनाउनेको संख्या ९ सय ५५ जना रहेको छ । जस मध्ये द्रुत सेवाबाट राहदानी बनाउनेमा पुरुष ७ सय १ जना र महिला ५६ जना गरी ७ सय ५७ जना रहेका छन् भने जिल्लाबाटै राहदनी बनाउनेमा पुरुष १ सय ८२ जना र महिला १६ जना गरी १ सय ९८ जना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ । 
राहदानी बनाउनेको सँख्या हेर्दा बढीजसो बैदेशिक रोजगारीका लागि जाने गरेको र त्यसबाहेक बाहिर पढ्न जाने, तथा घुमघाम गर्ने प्रयोजनले पनि राहदानी बन्ने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राहदानी बाफत एक बर्षमा  नौ लाख ९० हजार रुपैँया राजश्व संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी शिबराज जोशीले जानकारी दिनुभयो । 

राहदानी जिल्ला प्रशासन, इलाका प्रशासन र सीमा प्रशासन कार्यालयबाट उपलब्ध गराउन सकिने व्यवस्था भएता पनि अहिले जिल्ला प्रशासन कार्यालयबाट मात्रै उपलब्ध गराउदैँ आएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनु भयो ।दार्चुलामा सीमा प्रशासन कार्यालय व्यासँ गाउँपालिकाको तिङ्करमा स्थापना गरिएको भएपनि  कर्मचारी अभावका कारण त्यहाँबाट काम गर्न नसकिएको उहाँकाे भनाई छ ।