दार्चुलामा १ सय २८ जनाले भरे राष्ट्रिय परिचयपत्र फारम 

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलामा १ सय २८ जनाले भरे राष्ट्रिय परिचयपत्र फारम 

पृथ्वीराज सुनाम, असोज २१ दार्चुला । दार्चुला जिल्लामा रहेका नौ वटै स्थिानीय तहमा असोज २० गते सम्म १ सय २८ जनाले राष्ट्रिय परिचयपत्र फारम भरेका छन् । राष्ट्रिय परिचयपत्र फारम भर्नेहरुमा महाकाली नगरपालिका ३९ जना, शैल्यशिखर नगरपालिकामा १५ जना, लेकम गाउँपालिकामा ४ जना , मार्मा गाउँपालिकामा १६ जना, नौगाड गाउँपालिकामा १५ जना रहेका छन् । त्यसैगरी दुहुँ गाउँपालिकामा १७, व्याँस गाउँपालिकामा ८ मालिकार्जुन गाउँपालिकामा १० र अपिहिमाल गाउँपालिकामा ४ जनागरी १ सय २८ जना रहेका छन । जसमा  २७  जना महिला र १ सय १ पुरुष रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्टले जानकारी दिनुभयो ।