नेपालमा सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो, संक्रमण दर हालसम्मकै उच्च

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

नेपालमा सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघ्यो, संक्रमण दर हालसम्मकै उच्च

दुष्टिकोण समाचार, असोज २१ दार्चुला ।  नेपालमा कोरोना भइरस कोभिड—१९ बाट सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा तीन हजार चार सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको संख्या २५ हजार सात पुगेको हो ।अहिले सम्म ९४ हजार दुई सय ५३ जनामा कोरोना सङ्क्रमण भएकोमा ६८ हजार ६ सय ६८ जना निको भएसँगै सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गरेकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या दैनिक विवरणमा अहिले सम्मकै धेरै हो । यस्तै बुधबार १५ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या पाँच सय ७८ जना पुगेको छ ।