दार्चुलामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय ४६ पुग्यो ।

३ बर्ष अघि

२0७७ आश्विन २१ बुधबार

दार्चुलामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १ सय ४६ पुग्यो ।

पृथ्वीराज सुनाम, असोज २१ दार्चुला । दार्चुला जिल्लामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा महाकाली नगरपालिकाका ८ महिला र ३८ पुरुष गरी जम्मा ४६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । आइतबार १ सय ४ जनाको स्वाब संकलन गरि पिसिआर परीक्षण गर्दा ४६ जनाको रिपोर्ट पोजेटिभ तथा ५८ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी खगेन्द्रकार्कीले जानकारी दिनुभयो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४६ पुगेको छ । जसमध्ये ८१ जना निको भई घर फर्किसकेका छन् भने ६५ जना आईसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।