खलंगा–दल्लेख सडक मर्मत र फराकिलो बनाईदै

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

खलंगा–दल्लेख सडक मर्मत र फराकिलो बनाईदै

दृष्टिकोण समाचार असोज २० दार्चुला ।  खलंगा–दल्लेख सडक दशैँ अगाडी नै सञ्चालनमा ल्याउने गरी मर्मत कार्य भइरहेको छ । वर्षातमा बाढी पहिरोका कारण अबरुद्ध खार—खलंगा–दल्लेख सडक खण्ड खुलाउने जिम्मेवारी ग्वाल्लेक निर्माण सेवाले पाएको छ । साउन ५ गतेदेखि अबरुद्ध उक्त सडक दशैँसम्म खोल्ने गरी निर्माण कार्य भइरहेको ग्वाल्लेक निर्माण सेवा प्रालिका प्रतिनिधि रमेशसिंह ठगुन्नाले बताउनु भयो । ‘दशैँ भन्दा अगाडी नै सडक सञ्चालन गर्ने योजना छ, सोही अनुसार काम भइरहेको छ’ प्रतिनिधि ठगुन्नाले भन्नु भयो । खलंगा देखि नै मर्मतकार्य सुरु भएकाले अहिले खलंगा देखि बडालीगाउँको पहिरो नजिकैको क्षेत्रसम्म जीपहरु सञ्चालन भइरहेका छन् ।