नेपालमा कोरोना सङ्क्रमितको संख्या ९० हजार नाघ्यो

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

नेपालमा कोरोना सङ्क्रमितको संख्या ९० हजार नाघ्यो

काठमाडौ असोज २० ।नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । गएको २४ घण्टामा १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।११ हजार ४७ जनाको नमुना परीक्षण गर्दा एक हजार पाँच सय ५१ जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ४० जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ६७ हजार पाँच सय ४२ पुगेको छ ।  अब नेपालमा २२ हजार सात सय नौ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै ४ हजार २ सय २१ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।  ९ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या पाँच सय ६३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।