व्याँसमा बाटो निर्माण गर्ने क्रममा एक पुरुषको मृत्यु

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

व्याँसमा बाटो निर्माण गर्ने क्रममा एक पुरुषको मृत्यु

दृष्टिकोण समाचार असोज २० दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ६ कालागाड भीरमा बाटो निर्माण गर्ने क्रममा एक पुरुषको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ब्याँस गाउँपालिका वडा नम्बर ६ पन्तोलीका अन्दाजी ५८ वर्षीय जय सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । मंगलबार विहान साढे ९ बजेतिर घोरेटो बाटो खन्ने क्रममा माथि बाट खसेको ढुङ्गा टाउकोमा लागेर धामीको मृत्यु भएको हो । घटना भएको खबर पाउना साथ ईलाका प्रहरी कार्यालय हुतीबाट प्रहरी निरीक्षक प्रेम खड्काको टोली घटनास्थलमा पुगेको थियो । सवलाई जिल्ला अस्पताल दार्चुलामा पोष्टमार्टमको लागि ल्याईएको प्रहरीले जनाएको छ ।