३० मिनेट सीमापुल खुल्यो, २४ जना भित्रिए ५६ जना बाहिरीए

३ बर्ष अघि

२0७७ आश्विन २0 मंगलवार

३० मिनेट सीमापुल खुल्यो, २४ जना भित्रिए ५६ जना बाहिरीए

दृष्टिकोण समाचार असोज २० दार्चुला  । नेपाल भारत सीमा क्षेत्र जोड्ने दार्चुलाको झोलुङ्गे पुल मंगलबार दिउँसो २ बजे आधा घण्टाका लागि खुलेको छ । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामले भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट ओहोर दोहोर गरार्ईएको छ । मंगलबार आधा घण्टाका लागि खुलेको सीमाबाट भारतबाट २४ जना भित्रीएका छन भने ५६ जना बाहिरीएका छन । भारतको विभिन्न ठाउँमा काम गर्दै आएका नेपालको विभिन्न क्षेत्रका नेपालीहरु नेपाल भित्रीएको जिल्ला प्रहरी कार्याल दार्चुलाका सूचना अधिकारी भाष्कर चन्दले जानकारी दिनुभयो । नेपाल भित्रीनेमा १७ जना पुरुष ५ जना महिला र २ जना बालबालीका रहेका छन । नेपाल भित्रीएका नेपालीहरुलाई महाकाली नगरपालिकाले विभिन्न सम्बन्धीत पालिकाहरुसँग सम्पर्क गरी पठाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।