हुनैनाथको ऐरिछानामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

३ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

हुनैनाथको ऐरिछानामा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

दृष्टिकोण समाचार, असोज १९ दार्चुला । मूख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच परामर्श तथा औषधी वतरण कार्यक्रम अन्तरगत सोमबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ को ऐरिछानामा कार्यक्रम गरिएको छ । दुर दराजमा रहेका आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा हिडेर स्वास्थ्य सँस्था सम्म जान नसक्ने जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रबद्र्धनको लागि समुदाय स्तर र घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिइन लागेको छ । विश्वभर कोभिड—१९ कोरोना भाईरसको महामारीको कठिन क्षणमा खास गरी जेष्ठनागरिकहरु बढी जोखिममा रहेका छन् । यसलाई मध्यजनर गर्दै कोरोना संक्रमणबाट बच्ने उपायको बारेमा जानकारी दिइएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका फोकल पर्शन हेल्थ असिस्टेन्ट तिलकसिह धामीले जानकारी दिनुभयो ।कार्यक्रम अन्तरगत सोमबार ७ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको छ हेल्थ असिस्टेन्ट धामीले जानकारी दिनुभयो ।