दार्चुलामा ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष स्थापना 

४ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

दार्चुलामा ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष स्थापना 

दृष्टिकोण समाचार, असोज १९ दार्चुला । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले सोमबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा यात्रु सहायता कक्ष सञ्चाल गरेको छ । यात्रा गर्दा पर्ने विभिन्न समस्याहरुको सहजिकरण गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले यात्रु सहायता कक्षको स्थापना गरेको जिल्ला ट्राफिक कार्यालय दार्चुलाका ट्राफिक प्रहरी सहायक निरिक्षक केशवदत्त भट्टले जानकारी दिनुभयो । दार्चुला जिल्ला सदरमुकाम बसपार्क विरेन्द्रबन क्षेत्रमा यात्रु सहयाता कक्ष स्थापना गरि यात्रुहरुका समस्या समाधानमा ट्राफिक प्रहरीले निर्वाह गर्ने भूमिका सहायता कक्षबाट प्रदान गरिने छ ।