फ्रान्सले दाेश्राे पटक कब्जा गर्याे फुटबल विश्वकपकाे उपाधि

६ बर्ष अघि

२0७५ असार ३२ सोमबार

फ्रान्सले  दाेश्राे पटक  कब्जा गर्याे   फुटबल विश्वकपकाे उपाधि

दृष्टीकाेण समाचार असार ३२ ।  पहिलो पटक फाइनलमा पुगेको टिम क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति रुसको राजधानी मस्कोस्थित लुजनिकी स्टेडियममा भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४- २ गोलले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो । खेलमा फ्रान्सले १८ औ मिनेट, ३८ औ मिनेट, ५९ औं मिनेट ६५ औं मिनेटमा गोल गरेको थियो । प्रान्सको जितमा एन्टोनी ग्रीजमन, पउल पोग्बा र किलिएन एमबाप्पेले एक-एक गोल गरे भने मारियो मान्डुकिचले आत्मघाती गोल उपहार दिए। 
यस्तै, क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । क्रोएसियाका लागि सान्त्वना गोल मारियो मान्जुकिजले ६९ औं मिनेटमा गरे । क्रोएसियाको लागि इभान पेरिसिक र मान्डुकिचले गोल गरे।
२० वर्षपछि फ्रान्सले उपाधि जित्दा सन् १९९८ मा कप्तान रहेका डिडिएर डेसच्याम्पस नै प्रशिक्षकको भूमिकामा रहेका छन्। ४-२ गोल अन्तरमा निर्धारित ९० मिनेट भित्रै खेलको निर्णय भएको १९५८ पछि यो पहिलो पटक हो। त्यतिबेला १९५८ मा ब्राजिलले स्वीडेनलाई ५-२ ले हराउदै पहिलो पटक उपाधि जितेको थियो।