मृतक कामदारका आफन्तलाई सेनाले ग¥यो आर्थिक सहयोग

३ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

 मृतक कामदारका आफन्तलाई सेनाले ग¥यो आर्थिक सहयोग

दृष्टिकोण समाचार, असोज १९ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिकाको घाँटीबगर क्षेत्रमा नेपाली सेनासँगै घोरेटो बाटो निर्माण गर्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएका स्थानीयका आफन्तलाई नेपाली सेनाले सम्मान सहित आर्थिक सहयोग गरेको छ । गत भाद्र १९ गते ब्याँस गाउँपालिका वडा नम्बर ५ धौलाकोटका स्थानीय ३७ बर्षका दिवानसिह धामीका धर्मपत्नीलाई नेपाली सेनाका सुदुरपश्चि पृतनापती निर्मल कुमार थापाले १० लाख रुपैँयाको चेक हस्तान्तरण गर्नु भएको हो ।बाटो निर्माण गर्ने क्रममा मृत्यु भएका धामीको सम्मान स्वरुप विमा रकमबाट आर्थिक सहयोग गर्नुका साथै कामको मूल्याङ्कन गर्दै कदरपत्र र ट्रफी समेत प्रदान गर्नु भएको छ ।  नेपाली सेना दुर्गादल गुल्ममा एक कार्यक्रमको आयोजना गरी मृतकका आफन्तलाई सम्मान सहित आर्थिक सहयोग गरेको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका गुल्मपती विक्रमदेब थापाले जानकारी दिनुभयो ।