निर्माण सम्पन्न गरेपछि घोरेटो बाटो प्रदेश सरकारलाई हस्तान्तरण

३ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

निर्माण सम्पन्न गरेपछि घोरेटो बाटो प्रदेश सरकारलाई हस्तान्तरण

दृष्टिकोण समाचार असोज १९ दार्चुला ।नेपाल सरकारको एक करोड ८ लाख ३६ हजार लागतमा नेपाली सेनाले निर्माण गरेको व्याँसको छाङरु तिङ्कर जोड्ने घाँटीबगर क्षेत्रको घोरेटो बाटो निर्माण सम्पन्न गरेपछि नेपाली सेनाले सुदुरपश्चि प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपाली सेनाका प्रबक्ता सन्तोष पल्लव पौडेल, नेपाली सेना सुदुरपश्चिम पृतनाका पृतनापती निर्मल कुमार थापा लगायत सैनीक उच्च अधिकारीहरुको सहभागितामा घाँटीबगर क्षेत्रमै सुदुरपश्चिम प्रदेशको मूख्यमन्त्री त्रिलोचन भट्टले बाटोको उद्घाटन गर्नु भएको हो । गते जेठ ९ गतेबाट निर्माण कार्य थालेको नेपाली सेनाले पाँच महिनाको अवधीमा कडा चट्टानी भू—भाग काटेर साढे पाँच सय मिटर बाटो निर्माण गरेको हो । बाटो निर्माण सम्पन्न गरेपछि सो क्षेत्रमा आवत जावत गर्न सहज भएको सुदुरपश्चि प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयो ।  व्याँस क्षेत्र जोड्ने तम्बाकु क्षेत्रमा झण्डै २ सय मिटर चट्टानी भागमा अझै बाटो बनाउनु पर्ने अवस्था रहेको छ । सो क्षेत्रमा अहिले पैदल हिड्न सक्ने बाटो भएपनि दिर्घकालीन रुपमा बाटो निर्माण गर्नु देखिएको छ । व्याँसी सौका समुदाय आगामी कार्तिक महिनामा बस्तुभाउ सहित खलंगा झर्ने छन् । त्यतिबेला सम्म विषेश प्याकेज मार्फत त्यस क्षेत्रको पनि बाटो निर्माण गरिने मूख्यमन्त्री भट्टले जानकारी दिनुभयो । तम्बाकु क्षेत्रमा बोटो निर्माण गरेपछि मात्रै अहिलेको घाँटीबगर क्षेत्रको बाटो निर्माण गरेको औचित्य रहन्छ । नत्र बस्तुभाउ समेत हिड्न नसक्ने तम्बाकु क्षेत्रलाई त्यस्तै छाडियो भने व्याँसका स्थानीयलाई निकै दुख हुने दार्चुलाबाट निर्वाचित प्रदेश साँसद गेल्बुसिह बोहराको भनाई छ । दार्चुला सदरमुकाम खलंगादेखि ८७ किलोमिटर उत्तरमा रहेको व्याँसको तिङ्कर गाउँसम्म पुग्न दार्चुला तिङ्कर सडकले ४७ किलोमिटर सडकको ट्रयाक खोलेको छ । बाँकी क्षेत्रको सडक निर्माण गर्ने जिम्मेवारी नेपाली सेनाले पाएका नेपाली सेनाका प्रबक्ता सन्तोष बल्लब पौडेले बताउनु भयो ।