छिमेकीको कदम गलत मूख्यमन्त्री भट्ट ः भारतीय पक्षले विस्फोट गर्दा नेपालको बाटो भत्कीयो

३ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

छिमेकीको कदम गलत मूख्यमन्त्री भट्ट ः भारतीय पक्षले विस्फोट गर्दा नेपालको बाटो भत्कीयो

दृष्टिकोण समाचार, असोज १९ दार्चुला । दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर २ तम्बाकु क्षेत्रमा भारतीय पक्षले गरेको विस्फोटका कारण बाटो भत्कीएको छ । भारतीय क्षेत्रमा भईरहेको सडक विस्तारको काममा जिलेटिन पड्काएर नेपाल तर्फको ३०÷४० मिटर पैदल बाटो भत्कीएको छ । व्याँसको तम्बाकु क्षेत्रमा त्यसैपनि जोखिमयुक्त बाटो रहेको र त्यसैमाथि भारतीय पक्षले विस्फोट गरी बाटो भत्काउनु गलत रहेको सुदुरपश्चि प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भयो । नेपाल सरकारको लगानीमा नेपाली सेनाले निर्माण गरेको घोरेटो बाटो हस्तान्तरण गर्ने कार्यक्रमका लागि दार्चुलाको घाँटीबगरमा पुगेका मुख्य मन्त्री भट्टले सो क्षेत्रको प्रत्यक्ष अवलोकन गर्नु भएको छ ।