घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको मुख्य मन्त्री भट्ट द्धारा उद्घाटन

३ बर्ष अघि

२0७७ आश्विन १९ सोमबार

घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको मुख्य मन्त्री भट्ट द्धारा उद्घाटन

दृष्टिकोण समाचार असोज १९ दार्चुला । नेपाली सेनाले निर्माण सम्पन्न गरेको व्याँस गाउँपालिका वडा नम्बर १ घाँटी बगर क्षेत्रको बाटो सुदुरपश्चिम प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्नु भएको छ । नेपाली सेनाका प्रबक्ता सन्तोष बल्लप पौडेल, सेनाका उच्च अधिकारी तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री सहितको टोलीले सोमबार घोरेटो बाटोको उद्घाटन गरेका छन् । नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोरेटो बाटो उद्घाटन पछि घाँटी बगर क्षेत्रमा अवलोकन गरी जिल्ला सदमुकाम फर्किएको दुर्गादल गुल्म दार्चुलाका मेजर विक्रमदेब थापाले जानकारी दिनुभयो ।