सोमबार घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको उद्घाटन गरिदै

३ बर्ष अघि

२0७७ आश्विन १८ आईतवार

सोमबार घाँटीबगर क्षेत्रमा निर्माण गरिएको घोरेटो बाटोको उद्घाटन गरिदै

दृष्टिकोण समाचार, असोज १८ दार्चुला । नेपाली सेनाले निर्माण सम्पन्न गरेको व्याँस गाउँपालिका वडा नम्बर एक घाँटी बगर क्षेत्रको बाटोको सोमबार सुदुरपश्चिम प्रदेशका मूख्य मन्त्री त्रिलोचन भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
नेपाली सेनाका प्रबक्ता सन्तोष बल्लप पौडेल, सेनाका उच्च अधिकारी तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली दार्चुला आउन लागेका हुन् ।नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोरेटो बाटो निर्माण पछि घाँटी बगर क्षेत्रमा अवलोकन गरी औपचारिक कार्यक्रम नेपाली सेनाको दुर्गादल गुल्म दार्चुलामा गर्ने तयारी भईरहेको नेपाली सेना दुर्गादल गुल्म दार्चुलाका मेजर विक्रमदेब थापाले जानकारी दिनुभयो ।