दृष्टिकोण समाचार, असोज १८ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा रहेको नेपाल तरुणदलले गाउँपालिकाका विभिन्न विभिन्न विद्यालयहरुमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम गरेको छ । असोज ११ गतेबाट सुरु गरेको कार्यक्रम अन्तरगत आईतबार गौरिलमाण्डौ मावि हिकिलामा स्वास्थ्य समाग्री वितरण गरी कार्यक्रम सम्पन्न गरेको छ ।नेपाल तरुणदलले गाउँपालिका भित्रका १९ वटा विद्यालय तथा एक प्रहरी चौकी गरी २० वटा संस्थाहरुलाई स्वास्थ्य सामाग्री मास्क, सेनीटाईजर, साबुन लगायतका सामाग्रीहरु वितरण गरिएको नेपाल तरुणदल दुहुँका प्रदिप कार्कीले जानकारीदिनुभयो ।कार्यक्रममा आर्थिक, नैतिक तथा भौतिक रुपमा सहयोग गर्ने सम्पुर्ण प्रति नेपाल तरुणदल दुहूँका अध्यक्ष प्रकाश कार्कीले धन्यबाद दिनुभएको छ । नोवेल कोरोना भाईरसको महामारीबाट बच्नका लागि विद्यालयहरुलाई स्वास्थ्य समाग्री वितरण गरिएको हो ।