दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय पुग्यो ।

३ बर्ष अघि

२0७७ आश्विन १८ आईतवार

दार्चुलामा थप एक जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय पुग्यो ।

पृथ्वीराज सुनाम, असोज १८ दार्चुला । 
दार्चुला जिल्लामा आईतबार थप एक जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरीएको परीक्षणमा दार्चुला जिल्लाको दुहुँ गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो । गएको २४ घण्टामा २ सय २ जनाको पीसिआर परीक्षण गर्दा दार्चुलाको दुहूँ गाउँपालिका वडा नं ४ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि  भएको हो । दुहुँ गाउँपालकाका १९ जनाकोपीसिआर परीक्षण गरिएकोमा १८ जनाको रिर्पोट नेगेटिभ आएको र १ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दार्चुलाले जानाएको छ । यो सँगै दार्चुला जिल्लामा कोरोना संक्रमितको संख्या १ सयपुगेको छ । जसमध्ये ८० जना निको भई घर फर्किसकेका छन् भने २० जना आईसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।