मल्देश जोडिदै सञ्चार पहुँचमा, अपिहिमालको स्याउखानीमा टेलीकमको टावर बन्दै

३ बर्ष अघि

२0७७ आश्विन १८ आईतवार

मल्देश जोडिदै सञ्चार पहुँचमा, अपिहिमालको स्याउखानीमा टेलीकमको टावर बन्दै

दृष्टिकोण समाचार, असोज १८ दार्चुला ।
दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिका वडा नम्बर ३ को स्याउखानीमा नेपाल टेलीकमको जिएसएम प्रविधिको टावर निर्माण गरिन लागेको छ । दार्चुला जिल्लाबाट निर्वाचित संघिय सांसद गणेशसिह ठगुन्ना, नेपाल टेलीकम दार्चुलाको विषेश पहलमा अपिहिमाल गाउँपालिकाको मल्देश क्षेत्रलाई सञ्चारको पहुँचमा पु¥याउने उद्देश्यले टावर निर्माण गरिन लागेको अपीहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिह मन्यालले जानकारी दिनुभयो । उक्तक्षेत्रमा टावर निर्माण भएपछि अपीहिमाल गाउँपालिकाको पाथा, कसौती, लोत्थी, क्षेत्ती र घाँजिर क्षेत्रमा सञ्चार सुविधा हुने गाउँपालिका अध्यक्ष मन्यालले जानकारी दिनुभयो । टावर निर्माणको कार्यको आज गाउँपालिका अध्यक्ष डिएन घाँजिरेल सहितको टोलीले कार्यप्रगतीको अनुगमन गर्नु भएको हो ।