हुनैनाथमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम

३ बर्ष अघि

२0७७ आश्विन १८ आईतवार

हुनैनाथमा जेष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम

दृष्टिकोण समाचार, असोज १८ दार्चुला । मूख्यमन्त्री जेष्ठ नागरिक स्वास्थ्य चेकजाँच परामर्श तथा औषधी वतरण कार्यक्रम अन्तरगत आईतबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथमा कार्यक्रम गरिएको छ । दुर दराजमा रहेका आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा हिडेर स्वास्थ्य सँस्था सम्म जान नसक्ने जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रबद्र्धनको लागि समुदाय स्तर र घरदैलो मै पुगेर स्वास्थ्य सेवा दिइन लागेको छ । विश्वभर कोभिड—१९ कोरोना भाईरसको महामारीको कठिन क्षणमा खास गरी जेष्ठनागरिकहरु बढी जोखिममा रहेका छन् । यसलाई मध्यजनर गर्दै कोरोना संक्रमणबाट बच्ने उपायको बारेमा जानकारी दिइएको कार्यक्रममा मालिकार्जुन गाउँपालिका फोकल पर्शन हेल्थ असिस्टेन्ट तिलकसिह धामीले जानकारी दिनुभयो ।कार्यक्रम अन्तरगत हुनैनाथमा आज २६ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको छ भने जटिल समस्या देखा परेका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवाको लागिउच्च तहको स्वास्थ्य संस्थामा गई उपचार गराउन सल्लाह दिईएको पनि हेल्थ असिस्टेन्ट धामीले जानकारी दिनुभयो । साथै कार्यक्रम अन्तरगत निशुल्क स्वास्थ्य बीमा कार्ड वितरण पनि गरिएको छ । सोमबार मालिकार्जुन गाउँपालिकाकै वडा नम्बर ४ ऐरिछानामा कार्यक्रम गरिने छ ।