कसैले टेरेनन् नदि नियन्त्रण आयोजनालाई, अब के होला ?

३ बर्ष अघि

२0७७ आश्विन १७ शनिबार

कसैले टेरेनन् नदि नियन्त्रण आयोजनालाई,  अब के होला ?

दृष्टिकोण समाचार, असोज १७ दार्चुला । महकाली नदी नियन्त्रण आयोजनाले गत भाद्र महिनाको २५ गते सार्वजनिक सूचना जारी गरी महाकाली नदी नियन्त्रणको तटबन्ध क्षेत्रमा निर्माण समाग्री नराख्न १५ दिने समयसीमा दिएको थियो । 
निर्माण समाग्री हटाउनु त परै जाओस नदिबाट निर्माण समाग्री गिट्टी बालुवा निकालेर झन त्यसमाथी थुप्रो पारेका छन् । महाकाली नदि नियन्त्रण आयोजनाले जारी गरेको सार्वजनिक सूचनाको म्याद असोज १० गते नै सकिएको भए पनि न त निर्माण सामाग्री हटाईएको छ न आयोजनाले हटाउने प्रयास गरेको छ । काग कारउँदै जान्छ पीना सुक्दै जान्छ भनेजस्तो अवस्था पछिल्लो समय दार्चुला सदरमुकाम क्षेत्रमा देखा परेको छ । १५ दिने सूचना पछि कसैले सामाग्री नहटाएमा कानुनी कार्वाही गर्ने सूचना जारी गरेको नदि नियन्त्रण आयोजनाको अबको कदम र स्थानीयको नदि उत्खनन् गर्ने अबको अवस्था के हुने हो त्यो भने हेर्न बाँकी छ ।