अबैध घरेलु मदिरा प्रहरीद्वारा बरामद गरी नष्ट गरियो 

६ बर्ष अघि

२0७५ असार ३१ आईतवार

अबैध घरेलु मदिरा प्रहरीद्वारा बरामद गरी नष्ट गरियो 

दृष्टीकोण समाचार असार ३१ दार्चुला । प्रहरीले अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । महाकाली नगरपालिका १ श्रीबगडबाट खटिएर गएको प्रहरी टोलीले दार्चुला तिङ्कर सडक खण्डको किनारमा लुकाई छिपाई राखेको अवस्थामा १० लिटर अबैध घरेलु मदिरा आज जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको हो । दार्चुलामा घरेलु मदिराको अबैध कारोबार हुने गरेको छ । प्रहरीले पछिल्लो समय मदिरा नियन्त्रणमा कडाई गरिरहेको छ । दार्चुला सदरमुकाममा रहेका मदिरा पशलहरुलाई पनि व्यवस्थित गर्न मदिरापशल खुल्ने समय तोक्नुका साथै मदिरालाई पशल भित्रै छोपेर राख्न सबै व्यवसायिहरुलाई आग्रह गरेको र त्यसको नियमन पनि गरीरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।