सुदुरपश्चिमका तीनवटा विमानस्थल परीक्षण, गोकुलेश्वर विमानस्थलको अवस्था जस्ताको त्यस्तै 

३ बर्ष अघि

२0७७ आश्विन १७ शनिबार

सुदुरपश्चिमका तीनवटा विमानस्थल परीक्षण, गोकुलेश्वर विमानस्थलको अवस्था जस्ताको त्यस्तै 

दृष्टिकोण समाचार, असोज १७ दार्चुला । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सुदुरपश्चिम प्रदेशका तीनवटा विमान स्थलहरुको उद्घाटन गर्नु भएको छ । सुदुरपश्चिम प्रदेशका बझाङ, बैतडी र डोटी जिल्लामा निर्माण गरिएका विमानस्थलहरुमा शनिबार परीक्षण उडान गरिएको छ । बझाङको देवल, बैतडीको पाटन तथा डोटीको दिपायल एयरपोर्ट पुनः सञ्चालनमा ल्याउने गरी सरकारले विगत बर्षहरुबाट विमानस्थल मर्मतको काम थालेको हो । धनगढीबाट सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा नियमित रुपमा उडान गर्ने तयारी स्वरुप विमानस्थलहरुको परीक्षण उडान सहित मन्त्रीले नै उद्घाटन गर्नु भएको हो । यी तीन पहाडी जिल्लाका विमानस्थलहरु सुचारु भएसँगै आन्तरिक उडान नियमित हुने र सुदुरपश्चिम क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यसैबीच दार्चुलाको गोकुलेश्वर विमानस्थलको अवस्था भने जस्ताको त्यस्तै रहेको छ । सुदुरपश्चिम प्रदेशको अन्तिम हिमाली जिल्ला तथा त्रीदेशीय सीमा क्षेत्रमा रहेको सामरिक महत्वको जिल्लाको विमानस्थल अलपत्र अवस्थामा रहेको छ । गोकुलेश्वर विमानस्थलको मर्मत तथा पुर्नसञ्चालनका लागि बेला बेला आवाज उठे पनि अवस्था जस्ताको त्यस्तै रहेको छ ।