डोलीडारको टोली ब्याँस क्षेत्रमा, घोरेटो बाटो निर्माणका लगि स्थलगत अध्ययन गरिने

३ बर्ष अघि

२0७७ आश्विन १७ शनिबार

डोलीडारको टोली ब्याँस क्षेत्रमा, घोरेटो बाटो निर्माणका लगि स्थलगत अध्ययन गरिने

दृष्टिकोण समाचार, असोज १७ दार्चुला । नेपाल सरकार संघिय सरकारले चालु आर्थिक बर्षमा घोरेटो बाटो निर्माणका लागि पाँच करोड रुपैँयाको बजेट विनियोजन गरी दार्चुलाको व्याँस क्षेत्रजोड्ने घोरेटो बाटो निर्माण गर्न लागेको छ । 
नेपाल तर्फबाट व्याँस गाउँपालिकाको छाङरु तिङ्कर सम्म जोड्ने पैदल मार्ग समेत नहुँदा तत्काल घोरेटो बाटो निर्माण गर्नका लागि डोलीडार विभागलाई जिम्मेवारी दिइएको हो । तर नेपाली सेनाले ब्याँस गाउँपालिकाको घाँटीबगर क्षेत्रमा साढे पाँच सय मिटर बाटो निर्माण गरेको छ । अझै तम्बाकु क्षेत्रमा झण्डै २ सय मिटर कडा चट्टानी भाग रहेको छ । सो क्षेत्रमा पनि बाटो निर्माणको पहल भईरहेको बेला डोलीडार विभागबाट ईन्जीयनरहरुको टोली दार्चुला आएर व्याँस क्षेत्रको स्थलगत अध्ययनमा गएको छ ।
ईन्जीनियर जनकराज पन्तको नेतृत्वमा आएको चार जना ईन्जिनियरहरुको टिम शुक्रबार व्याँस क्षेत्रमा गएको हो । व्याँसको दुम्लीङ देखि छाङरु सम्मको पैदल मार्ग निर्माणका लागि बजेट विनियोजन भई डोलीडार विभागबाटै बाटो निर्माणको प्रक्रिया सुरु गरिने डोलीडार विभागका इन्जीनियर जनक पन्तले बताउनु भयो ।