पाँच दिनको प्रयासपछि बल्यो उलेनीमा विद्युत्त, गाउँले आफैले बोके ट्रान्सफर्मर

३ बर्ष अघि

२0७७ आश्विन १७ शनिबार

पाँच दिनको प्रयासपछि बल्यो उलेनीमा विद्युत्त, गाउँले आफैले बोके ट्रान्सफर्मर

दृष्टिकोण समाचार, असोज १७ दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ उलेनीका स्थानीयहरुले पाँचदिन सम्म ट्रान्सफर्मर बोकेर २० दिन पछि गाउँमा बिजुली बालेका छन् । ट्रान्सफर्मर विग्रेर २० दिन देखि अन्धकारमा रहेका त्यस क्षेत्रका २५ परिवारका स्थानीयहरुको आफ्नै पहलमा गाउँमा ट्रान्सफर्मर बोकेर लगेका हुन् । २०६८ सालमा विजुली पुगेको उलेनी गाउँमा पटक—पटक चट्याङ लागेर विद्युत्त ट्रान्सफर्मर विग्रने समस्या रहेको छ । 
यातायातको सुविधा नभएको सो क्षेत्रमा झण्डै चार क्वीन्टलको विद्युत्त ट्रान्सफर्मर बोक्नु निकै अप्ठेरो काम हो । भाडामा १५÷१६ हजार रुपँैया दिएर पनि कसैले काम नगरे पछि गाउँलेहरु आफै मिलेर पाँच दिन लागाएर ट्रान्सफर्मर गाउँमा पु¥याएको स्थानीय शिक्षक चन्द्रसिह भाटले जानकारी दिनुभयो ।
‘बेला—बेला चट्याङ पर्ने समस्या छ, अर्थिङको राम्रो व्यवस्था नुहँदा हालसम्म तीनचार पटक ट्रान्सफर्मर विग्रिसक्यो उहाँले भन्नुभयो ।’ विग्रेको ट्रान्सफर्मर फिर्ता गर्नु र नयाँ ल्याउन विद्युत्त प्राधिकरणले भाडाको व्यवस्था गरिदिए स्थानीयलाई सजिलो हुने उहाँको भनाई छ । दार्चुला जिल्ला विद्युत्त उत्पादनको हब नै मान्न सकिन्छ । ३० मेगावाटको चमेलीया जलविद्युत्त आयोजना, अपि हाईड्र, नौगाड, अपर नौगाड, अपर चमेलीया गरी सयौँ मेगावाट विद्युत्त उत्पादन गर्ने दार्चुला जिल्लामै अझै विद्युतीकरण हुन सकेको छैन् ।