मूख्य मन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै

३ बर्ष अघि

२0७७ आश्विन १६ शुक्रबार

मूख्य मन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिदै

दृष्टिकोण समाचार, असोज १६ दार्चुला । सुदुर पश्चिम प्रदेश सरकार द्वारा गत आर्थिक बर्ष बाट सञ्चालनमा रहेको मुख्य मन्त्री जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तरगत मालिकार्जुन गाउँ पालिकामा स्वास्थ्य परीक्षण गरिएको छ । 
विहिबार देखि मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मालिकार्जुनमा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण भईरहेको मालिकार्जुन गाउँ पालिकाका फोकल पर्शन हेल्थ असिस्टेन्ट तिलक सिह धामीले जानकारी दिनुभयो ।विहिबार मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा ४७जनाको र शुक्रबार बसेडीमा १७जना गरी वडा नम्बर ३ का ६४ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षण, परामर्श, तथा औषधी वितरण कार्यक्रम गरिन लागेको हो । लगत्तै मालिकार्जुन गाउँ पालिकाका सबै वडा वडाहरुमा यो कार्यक्रम सञ्चालन गरिने हेल्थ असिस्टेन्ट धामीले बताउनु भयो ।