पहिलो चरणको अनलाईन परीक्षा सम्पन्न, ९४ जनाले दिए परीक्षा

३ बर्ष अघि

२0७७ आश्विन १६ शुक्रबार

पहिलो चरणको अनलाईन परीक्षा सम्पन्न, ९४ जनाले दिए परीक्षा


पुष्पाधामी,असोज १६ दार्चुला ।सुदुर पश्चिम विश्व विद्यालय अन्तरगत दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह तृतिय शत्रको अनलाईन परीक्षा शुक्रबार सम्पन्न भएको छ । असोज १२ गतेबाट सञ्चालन गरिएको स्नातक तह तृतिय शत्र शिक्षा तथा व्यवस्थापन संकायको तृतीय सत्रको अनलाईन परीक्षामा ९४ जनले सहभागिता जनाएको सुुदुर पश्चिम विश्व विद्यालय दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णसिंह साउँदले जानकारी दिनुभयो । पहिलो अभ्यासका रुपमा गरिएको अनलाईन परीक्षाहरु सफलता पुर्वक सम्पन्न भएको क्याम्पस प्रमुख साउँदले बताउनु भयो।बाँकीतह र संकायका परीक्षाहरु असोज २५ गतेबाट दोस्रो चरणमंसिर ७गतेबाट तेश्रो चरणमा सञ्चालन गरिने क्याम्पसले जनाएको छ ।