नेकपाको राष्ट्रिय युवा संघ चयन, दार्चुलाको इन्चार्जमा गिरी

३ बर्ष अघि

२0७७ आश्विन १६ शुक्रबार

नेकपाको राष्ट्रिय युवा संघ चयन, दार्चुलाको इन्चार्जमा गिरी

दृष्टिकोण समाचार, असोज १६ दार्चुला । नेपाल कम्युनिष्ट पार्टी नेकपाले भातृ संगठनको विस्तार गरिरहेको छ । पार्टी एकीकरणको दुई बर्ष पछि नेकपाले पार्टीका भातृ संघ संगठनको विस्तार गर्ने क्रममा नेकपा राष्ट्रिय युवा संघका जिल्ला इन्चार्जहरु तोकेको हो । यसैबीच दार्चुला जिल्लामा नेकपा राष्ट्रिय युवा संघको इन्चार्ज नरेश गिरी र सह इन्चार्ज नरबहादुर विष्ट रहेका छन् । त्यसैगरी जिल्ला संयोजकहरुमा सुरेन्द्र बहादुर बम र सह संयोजकमा गंगादत्त जोशी मनोनित भएको नेकपा जिल्ला कमिटी सचिव उदय बडालले जानकारी दिनुभयो ।यसैबीच नेकपाका अन्य भातृसंघ संगठनहरु महिला संघ, दलित संघहरुको अझै जिम्मेवारी बाँडफाड गरिएको छैन् । तत्कालीन एमाले र तत्कालिन माओवादी पार्टी एकीकरण भएपछि देशभर दुबै पार्टीबाट नेतृत्व हुने गरी विभिन्न भातृ संघ संगठनहरु विस्तार गर्न लागेको हो ।