झण्डै एक दशक देखि अलपत्र परेको मुलको पानी, लाजपचाएका सरोकारवाला

३ बर्ष अघि

२0७७ आश्विन १६ शुक्रबार

झण्डै एक दशक देखि अलपत्र परेको मुलको पानी, लाजपचाएका सरोकारवाला

दिनेश निरौला, असोज १६ दार्चुला ।दार्चुला जिल्ला सदरमुकाम महाकाली नगरपालिकाको मुटु खलंगा बजारको घाँट बजारको यो दृष्य देख्दा लाज मर्दो स्थिति छ । यसै बाटो भएर जिल्लाका बरिष्ठ व्यक्ति देखि यो सँग सरोकार राख्ने निकाय दैनिक ओहोर दोहोर गर्छन् । तर यहाँनेर पुग्दा देखे नदेखे जस्तो गरी हिड्ने सरोकारवालाहरुले कति सम्म लाज पचाएका हुन् ।दार्चुला जिल्ला सदरमुकामकै मुटुमा रहेको बर्षै भरी कहिले नसुक्ने पानीको मूल संरक्षण गर्नुको सट्टा यस्तो हालत बनाउँदा सम्म किन कसैलाई दुखेन । खलंगामा जिल्ला भरीकै खानेपानी हेर्ने खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय छ । संघिय गणतन्त्रमा प्रवेश गरेको नेपालले विभिन्न सरकारहरु बनाएर कुर्सी थपेकै छ । यहाँ महाकाली नगरपालिका छ । त्यो भन्दा मुनी अझै वडा पालिका छ । त्यस बाहेक पनि खलंगा क्षेत्रमा खानेपानीको क्षेत्रमा काम गर्ने बृहत खानेपानी समिति छ । उपभोक्ता समितिहरु छन् ।तर पुर्खाले यहि धारामा पानी खाएको, खलंगाका स्थानीयले यहि धाराको पानीले प्राण बचाएका थिए । घाँट बजारमा पुग्ने जो कोहीले पनि चिसो पानीको प्याँस मेटाएको घाँट बजारको पानीको मुहान अहिले फोहर फाल्ने डम्पीङ साईड बनेको छ । २०६५÷६६ सालमा पानी मुहानको शिरबाट दार्चुला तिङ्कर सडक निर्माण गरियो तब देखि एक दशक वित्यो यो मुहान चेपुवामा प¥यो । त्यसपछि २०७० सालमा महाकाली नदीमा बाढी आयो त्यो बाढीले यो मुहान झन क्षतीग्रस्त बन्यो । तर पछिल्लो समय त्यसै क्षेत्रमा नगरपालिकाले कृषि बजार निर्माण ग¥यो तर धारा बनाउन विर्सियो । पहिले त्यो क्षेत्रमा पाँच धाराबाट कलकल बग्ने पानी थियो । चिसो पानी अनि सफा सुग्घर ठाउँ, एक घुट पानी खाँदा आनन्द आउँथ्यो, यो धाराको स्थिति देख्दादुःख लाग्छ । स्थानीयकमल टेलरले भन्नुभयो । यो धाराको बारेमाबारम्बार आवाज उठाए पनि कसैले सुनेनन्, जिम्मेवार बन्ने को ?अर्का स्थानीय रामसिह महरले प्रश्नगर्नु भयो । ‘छोरी ल्याउनु कुलको, पानीखानु मुलको’ भन्ने उखान त्यसै बनेको होईन । तर जिल्ला सदरमुकाममै रहेको पानी मूलको अवस्था यस्तो छ भने दुर दराजका गाउँका पानी मुहानको अवस्था के होला यो विषय सोचनीय छ ।