दार्चुला सदरमुकामका सार्वजनिक शौचालय प्रयोग बिहिन अवस्थामा

६ बर्ष अघि

२0७५ असार ३१ आईतवार

दार्चुला सदरमुकामका सार्वजनिक शौचालय प्रयोग बिहिन अवस्थामा

दिपक सिंह धामी, असार ३१ दार्चुला । जिल्ला सदरमुकाम खलंगामा निर्माण गरिएका सार्वजनिक सौचालयहरु प्रयोग विहिन अवस्थामा रहेका छन् । महाकाली नगरपालिका वडा नम्बर चार र पाँचमा निर्माण गरिएका पाँचवटा सार्वजनिक सौचालयहरुमध्ये तीनवटा सौचालय प्रयोगमा आउन सकेका छैनन् ।  महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड,  बिच बजारको पिपलबोट नजिक,  विरेन्द्र बन छेउमा रहेका सौचालयहरु प्रयोगमा ल्याईएका छैनन्  ।

तिङ्करखेडा जाने बीच बजारकाे पीपलचाैताराेमा  निर्माण गरिएकाे सार्वजनिक शाैचालय । 

महाकाली नगरपालिका ४ बंगाबगड  स्थित सार्बजनिक शाैचालय ।

भने खुला मञ्च अगाडि रहेको सौचालय र महाकाली नगरपालिका वडा नम्बर ७ धापमा निर्माण गरिएको सौचालय भने प्रयोगमा छन् । 


महाकाली नगरपालिका र ग्रामिण जलश्रोत व्यवस्थापन परियोजना (आर.भि.डब्लु.आर एम्.पी.) को सयुक्त लगानीमा बनेको बङ्गाबगडको सार्वजनिक सौचालयको कुल लागत ३ लाख ५० हजार रुपैयाँ रहेको छ । त्यस्तै तिङ्करखेडा जाने बाटोको पीपल चौतारोमा पनि नगरपालिका र आरभिडब्लुआरएमपीको ३ लाख ५० हजार रुपँैयाको लागतमा सौचालय निर्माण गरेको एक बर्ष पुरा भएको छ । त्यस्तै खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय दार्चुलाले खुला मञ्चको छेउमा, विरेन्द्र बनमा र धापमा गरी तीनवटा सौचालय निर्माणमा १२ लाख ५० हजार रुपैँया खर्च गरेको छ । त्यस मध्ये खुल्ला मञ्च र धापको सौचालय प्रयोगमा ल्याईएको छ भने बिरेन्द्रबन क्षेत्रको सौचालय प्रयोग विहिन अवस्थामै रहेको छ । 
पानीको अभाव र शौचालय जानेबाटो बनिरहेका कारण शौचालय प्रयोगमा ल्याउन नसकिएको महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्टले बताउनु भयो । प्रयोगमा भएका शौचालय मध्ये खुला मञ्चमा रहेको शौचालयको सरसफाई र रेखदेखको जिम्मेवारी इन्द्र राम लोहारलाई दिएको छ । त्यस्तै धाममा मालिकार्जुन मावि धापलाई जिम्मेवारी दिइएको छ । सदरमुकाममा बनेका अन्य तीनवटा शौचालय प्रयोगमा नहुँदा सदरमुकाम आउँने जाने मानिसहरुलाई  दिशा पिशाव गर्न धेरै समस्या भएको महाकाली नगरपालीका नम्बरं. ७ निसिलका लोकेन्द्र बहादुर पालले बताए । 
दार्चुला जिल्लालाई औपचारिक रुपमा खुल्ला दिशामुक्त घोषणा गरिसकेको भएपनि अझै दार्चुला जिल्ला सदरमुकामको खलंगा बजारका महाकाली नदि किनारका घरहरुमा सौचालयको सेफ्टी ट्याङ्की निर्माण गरिएको छैन् । शौचालयको पाइप महाकाली नदिमा मिसाउँदा महाकाली नदि नै फोहर भईरहेको प्रति सरोकारवालाहरुले आपत्ती जनाएका छन् ।