अबैध घरेलु मदिरा विक्री बढ्यो, दुई महिनाको अवधीमा ८ सय लिटर मदिरा नष्ट

३ बर्ष अघि

२0७७ आश्विन १५ बिहीबार

अबैध घरेलु मदिरा विक्री बढ्यो, दुई महिनाको अवधीमा ८ सय लिटर मदिरा नष्ट

दार्चुला जिल्लाका विभिन्न गाउँ—गाउँमा अवैध घरेलु मदिरा उत्पादन बढ्दो रहेको छ । जसले गर्दा समाजमा अपराधका घटनाहरु बढ्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो तिन आर्थिक बर्षको तथ्याङ्क हेर्दा यो आर्थिक बर्षको २ महिनाको अवधिमा ८ सय ७१ लिटर अबैध मदिरा प्रहरीले बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा १ सय७५ लिटर, आर्थिक बर्ष ०७६÷०७७मा ३ सय ४८ लिटर र चालु आर्थिक बर्षको तीन महिनाको अवधिमा ८ सय ७१ लिटर अबैध घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । मदिरा सेवनका कारण दार्चुलामा चालू आर्थिक वर्षमै ३ जनाको ज्यान समेत गएको छ ।