दार्चुला जिल्लामा अपराधिक घटनामा वृद्धि ।

३ बर्ष अघि

२0७७ आश्विन १५ बिहीबार

दार्चुला जिल्लामा अपराधिक घटनामा वृद्धि ।

पछिल्लो समय दार्चुलमा मदिराको कारण अपराधको संख्यामा वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा जिल्लामा अपराधका ८१ वटा घटना घटेका छन्  । आर्थिक वर्ष ०७५÷०७६ मा ८७ र ०७६÷०७७मा विभिन्न प्रकृतिका १ सय १५ वटा घटना प्रहरीमा दर्ता भएका छन् । चालू आर्थिक वर्षको दुई महिनामै २८ वटा अपराधका घट्ना घटेका छन ।  जिल्लाका सबै ठाउँमा गुणस्तरीय मदिरा र अवैध घरेलु मदिराको विक्रीवितरण बढेकै कारण अपराधका घट्ना बढेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जनाकारी दिनुभयो ।