नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, 

३ बर्ष अघि

२0७७ आश्विन १५ बिहीबार

नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, 

काठमाडौ असोज १५ । नेपालमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, भएको छ । सङ्क्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको नमुना परीक्षण गर्दा १ हजार ९ सय ११ जनामा सङ्क्रमण देखिएको हो । 
९ सय ६१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५७ हजार तीन सय ८९ पुगेको छ । २१ हजार ८ सय ३० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । ५ हजार ७७ जना क्वारेन्टाईनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।