दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि ,

३ बर्ष अघि

२0७७ आश्विन १५ बिहीबार

दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि ,

दृष्टिकोण समाचार असोज १५ दार्चुला । दार्चुलामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बैतडी प्रयोगशालाा  गरिएको परिक्षणमा दार्चुलाका २ स्थानीय तहका ३ जना महिला सहित १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीका अनुसार महाकाली नगरपालिका ३ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । महाकाली नगरपालिकाका  ३७ वर्ष,७ वर्ष,२७ वर्ष, महिला र २० वर्ष ,३८ वर्ष, ४० वर्ष, २१ वर्ष, २५ वर्ष१६ वर्ष ५० वर्ष ४० वर्ष २२ वर्ष ३८ वर्ष पुरुषमा  कोरोना पुष्टि भएको हो । त्यस्तै लेकमको ३० वर्षका पुरुषमा पुष्टि भएको स्वस्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलामा हाल सम्म ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ