नमुना मा.वि.खलंगामा प्राविधिक धारका कक्षा संचालनमा ।

३ बर्ष अघि

२0७७ आश्विन १४ बुधबार

नमुना मा.वि.खलंगामा प्राविधिक धारका कक्षा संचालनमा ।

पृथ्वीराज सुनाम, असोज १४ दार्चुला । 
जिल्ला सदरमुकामखलंमा रहेको नमुना माध्यामिक विद्यालयमा प्राविधकि धार तर्फको पढाई सुरु गरिएको छ । गतभाद्र १० गतेबाट अनलाइन कक्षा मार्फत पढाई सञ्चालन गरिएको भए पनि यहि असोज १० गतेबाट नियमित रुपमा विद्यालयमै कक्षा सञ्चालन भईरहेको विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले जानकारी दिनुभयो ।विद्यालयमै कक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्डका विधि अपनाएर पढाई सञ्चालन गरिएको प्रध्यानाध्यापक जोशीले बताउनु दिनुभयो । तिनवर्षे कोर्षको डिप्लोमा अन्तर गत सिभिल इन्जिनियरीङ्को पढाई शैक्षिक सत्र २०७५ बाट सुरु भएको हो । गत शैक्षिक शत्रमा प्राविधिकधार तर्पm ५३ जना विद्यार्थीहरु अध्ययनरत छन् । नँया शैक्षिक सत्रका लागि प्राविधिक धार तर्फ असोज १५ गते सम्म नयाँ भर्ना कार्यक्रम रहेको प्रधाना ध्यापक जोशीले बताउनु भयो ।