दार्चुला भन्सार कार्यालय प्रमुख बिहीन, राजश्व संकलन सून्य

३ बर्ष अघि

२0७७ आश्विन १४ बुधबार

दार्चुला भन्सार कार्यालय प्रमुख बिहीन, राजश्व संकलन सून्य

दिनेश निरौला, असोज १४ दार्चुला । नेपाल भारत सिमा जोड्ने दार्चुला छोटी भन्सार कार्यालय विगत सातमहिना देखि बन्द रहको छ । २०७६ साल चैत्र ११ गते देखी कोरोना भाइरस कोभिड—१९ का कारण सीमाना बन्द भएदेखि भन्सार कार्यालय पनि बन्द रहेको छ । नाका बन्द भए देखि छोटी भन्सार कार्यालयको राजश्व संकलन पनि सून्य रहेको छ । आर्थिक वर्ष २०७६ साउन देखि २०७६ चैत्र सम्म छोटी भन्सार कार्यालयबाट  १८ लाख २१ हजार ७ सय ११ रुपैंया राजश्व नगरिएको भन्सार कार्यालयका कर्मचारी मोहन सिंह डोबालले जानकारी दिनु भयो । छोटी भन्सार कार्यालय दार्चुलामा अहिले कार्यालय सहयोगी बाहेक कुनै कर्मचारी नै छैनन् । निमित्त कार्यालय प्रमुख नरसिह बडाल महकाली नगरपालिकाको निमीत्त कार्यकारी अधिकृतको रुपमा सरुवा भई गएपछि हाल भन्सार कार्यालय प्रमुख बिहीन भएको छ । अहिले दार्चुलामा ३ जना कर्मचारीहरु रहेका छन् । चालु आर्थिक बर्षबाट कञ्चनपुर भन्सार कार्यालय गड्डा चौकी बाट काजमा कर्मचारी आउने भनीएको भए पनि कुनै व्यवस्था नभएको डोबालले बताउनु भयो ।