नौगाड गाउँपालिकाका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन

३ बर्ष अघि

२0७७ आश्विन १४ बुधबार

नौगाड गाउँपालिकाका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन

पुष्पा धामी, असोज १४ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अन्तरगत रहेका सबै विद्यालयका प्रधानाध्यापकहरुको अन्तरक्रिया बैठक सम्पन भएको छ । नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिह धामीको अध्यक्षतामा बसेको बैठकले तत्काल विद्यालयल खोल्न सकिने आवस्था नरहेको निष्कर्ष निकालेको छ ।  कोरोना भाईरसको जोखिम कायमै रहेको र शिक्षा मन्त्रालयले पनि विद्यालय सञ्चालन नगर्न आदेश दिएको हुँदा बिद्यालय खोल्न नसकिने सहभागिहरुले बताएका छन् । बैठकले हालको अवस्थामा विद्यार्थीहरुलाई  गृहकार्य दिने, बिषयगत स्वअध्ययननोट बनाई वितरण गर्ने, बिद्यार्थी सहपाठी परिचाल नगर्ने, टोल सहजीकरण गर्ने जस्ता कार्ययोजना बनाइलागु गर्ने जनाईएको छ ।