नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो 

३ बर्ष अघि

२0७७ आश्विन १४ बुधबार

नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो 

काठमाडौ असोज १४ ।नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुग्यो । पछिल्लो २४ घण्टामा १२ हजार २ सय पाँच जनाको नमुना परीक्षण गर्दा १ हजार ५ सय ५९ जनामा सङ्क्रमण होे । १ हजार ५७ जना जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ ।  नेपालमा २० हजार ८ सय ९१ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन । यस्तै पाँच हजार ४ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ७ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।