समस्याले ग्रस्त दार्चुलाको कारागार, चारबर्ष देखि स्वास्थ्यकर्मीको दरबन्दी खाली

३ बर्ष अघि

२0७७ आश्विन १३ मंगलवार

समस्याले ग्रस्त दार्चुलाको कारागार, चारबर्ष देखि स्वास्थ्यकर्मीको दरबन्दी खाली

दृष्टिकोण समाचार,असोज १३ दार्चुला । 
दार्चुला जिल्ला कारागारमा क्षमता भन्दा दोब्बर कैदी बन्दी हुँदा कैदीबन्दीहरुलाई बस्न समस्या भएको छ । २५ जनाको क्षमता भएको कारागारमा हाल ४७ कैदी र ६ जना बन्दी गरी ५३ जनालाई कोचाकोच गरी राखिएको छ । जसमध्ये दुई कैदी र एक थुनुवा गरी तीन जना महिला रहेको जेलर मान बहादुर खडायतले जानकारी दिनुभयो । 
ठाउँ अभावमा कैदी बन्दीहरुलाई खान र सुत्न समेत समस्या भएको छ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुको स्वास्थ्य जाँचमा समेत समस्या भएको छ । सामान्य स्वास्थ्य समस्या देखिँदा समेत कैदी बन्दीहरुलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको झन यो कोभिडको बेला स्वास्थ्यकर्मी नहुँदा थप समस्या भएको जेलर खडायतले बताउनुभयो । कारागारमा अहेबको दरबन्दी भएपनि चार वर्षदेखि पदपुर्ती हुन सकेको छैन । 
कोरोना महामारीका बेला कैदिबन्दीहरु विरामी हुँदा उपचार गर्न लग्दा कोरोना संक्रमण फैलिने होकी भन्ने चिन्ता एका तर्फ छ भने अर्को तर्फ अस्पताल जैनान ल्याउन पनि निकै समस्या हुने गरेको छ ।