१ सय २४ नाल भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय दार्चुलामा संकलन

३ बर्ष अघि

२0७७ आश्विन १३ मंगलवार

१ सय २४ नाल भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय दार्चुलामा संकलन

दृष्टिकोण समाचार, असोज १३ दार्चुला । 
जिल्ला प्रहरी कार्यालय दार्चुलाले १ सय २४ थान बन्दुक संकलन गरेको छ । नेपाल सरकारले २०७५ साल फागुन २८ गते बिप्लब समूहलाई प्रतिबन्धित समूह घोषणा गरे देखि नै जिल्लामा शान्ती, सुरक्षा कायम राख्न हातहतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनिएकोमा हालसम्म उक्त परिणामको भरुवा बन्दुकहरु संकलन गरिएको हो । 
नेपाल सरकारले २०७५ फगुन २८ गतेको निर्णय अनुसार २०७६ चैत्र ७ गतेबाट उक्त निर्णय कायान्वयमा लिई हालसम्म १ सय २४ थान भरुवा बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिनुभयो । 
जिल्ला प्रहरी कार्यालय दार्चुलामा १ सय १९ नाल बन्दुक र होपरीगाढ प्रहरी चौकीमा आज मात्रै ५ नाल बन्दुक बुझाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । नौगाड गाउँपालिका वडा नम्बर ६ बाट ६ ओटा भरुवा बन्दुक प्रहरी चौकीमा होपरीगाडमा बुझाएका थिए । होपरीगाडमा बुझाएका बन्दुकहरु ल्याइएकाले मंगलबार जिल्ला प्रहरी कार्यालय दार्चुलाले पत्रकार सम्मेलन गरेको प्रहरी प्रमुख डिएसपी पदम बहादुर  बिष्टले बताउनु भयो ।
नौगाड गाउँपालिका वडा नम्बर ४ मल्लोमट्टेका बिक्रम धामीलाई  र दुहूँ गाउँपालिका वडा नम्बर १ को सौतोलीमा पर्ने दुर्गे भवानी सामुदायिक वन क्षेत्र भित्र एकनले भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा ल्याएको थियो । 
सरकारको नियम पालना गरि अझैपनि घरमा छुपाएर राखिएका हतियारहरु नजिकको प्रहरी कायालयमा बुझाउन प्रहरीले आग्रह गरेको छ ।