मजदुरी गर्दै सैलुन व्यवसायी, दुईछाक खान समेत समस्या

३ बर्ष अघि

२0७७ आश्विन १३ मंगलवार

मजदुरी गर्दै सैलुन व्यवसायी, दुईछाक खान समेत समस्या

दिनेश निरौला, असोज १३ दार्चुला । दार्चुला जिल्ला महाकाली नगरपालीकामा विगत एक दशक देखि शैलुन व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको पशल भाद्र २४ गतेबाट बन्द रहेका छन् । एक जना शैलुन व्यवसायीमा कोरोना संक्रमण पुष्टी भएपछि शैलुन व्यवसायिका पशल अहिले सम्म बन्द रहेका छन् ।असोज २ गते देखि सम्पुर्ण खुलेपनि शैलुन पसल भने बन्द रहेका छन् । कपाल काटेरै विहान बेलुकीको छाक टार्ने व्यवसायीहरुको पशल बन्द भएपछि खानाको जोहो गर्न उनीहरु मजदुरी गर्न थालेका हुन् ।हामीहरुलाई यस्तो भेदभाव किन गरियो, बंगाबगड क्षेत्रका पशल खुला छन्, कित उता पनि बन्द गर्नु प¥यो, एक व्यवसायीले गुनासो गर्नुभयो । कोरोना सक्रमणको डर कायम हुने भन्दै प्रहरीले पशल खोल्न नदिएको उनीहरुको भनाई छ । कोरोना संक्रमित शैलुन व्यवसायी भने सोमबार दार्चुला नाकाबाट परिवार सहित भारत गईसकेका छन् ।