सुदुरपश्चिम विश्व विद्यालयको अनलाईन परीक्षा शुरु, तीन चरणमा परीक्षा गरिने 

३ बर्ष अघि

२0७७ आश्विन १२ सोमबार

सुदुरपश्चिम विश्व विद्यालयको अनलाईन परीक्षा शुरु, तीन चरणमा परीक्षा गरिने 

पुष्पा धामी,असोज १२ दार्चुला।
सुदुरपश्चिम विश्वविद्यालय अन्तरगतका क्याम्पसहरुमा सोमबारबाट अनलाईनपरीक्षाशुरु गरिएका छन् । स्नातक तह अन्तरगत शिक्षा र व्यवस्थापन संकायको  तृतीय सत्रका परीक्षा शुरु गरिएको सुदुरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्ण सिह साउँदले जानकारी दिनुभयो । 
विहान ९ बजेबाट दिउँसो २ बजेसम्म पाँच घण्टा भित्र परीक्षार्थीले आफ्नो उत्तरपुस्तीका क्याम्पसले दिएको ठेगानामा इमेल मार्फत नै अपलोड गर्नु पर्ने प्रावधान तोकिएको छ । 
परीक्षार्थीलाई परीक्षा शुरु हुनु भन्दा १५ मिनेट पहिले इमेल मार्फत प्रश्न पत्र उपलब्ध गराई परीक्षा सञ्चालन गरिएका हुन् ।सुदुरपश्चिम विश्वविद्यालयले तीन चरणमा अनलाईन परीक्षा सुरु गर्ने जनाएको छ । पहिलो चरणमा स्नातक तह शिक्षा र व्यवस्थापन संकाय तृतीय सत्रका ९४ जनाले परीक्षा दिएका छन् । त्यसैगरी असोज २५ गतेबाट दोश्रो चरणमा स्नातक र स्नातकोत्तर तहका परीक्षा सञ्चालन गरिने छन् । स्तानक तह शिक्षा र व्यवस्थापन संकाय पहिलो सत्र तथा शिक्षा र व्यवस्थापन संकाय तृतीय सत्रका परीक्षा सञ्चालन हुने दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णसिह साउँदले जानकारी दिनुभयो । त्यसैगरी मंसिर ७ गते पछि तेश्रो चरणमा सुदुरपश्चिम विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्याल अन्तरगतका परीक्षा सञ्चालन गरिने क्याम्पस प्रमुख साउँदले जानकारी दिनुभयो ।