दार्चुलका तीनवटा स्थानीय तहहरुमा विद्यालय सञ्चालनमा 

३ बर्ष अघि

२0७७ आश्विन १२ सोमबार

दार्चुलका तीनवटा स्थानीय तहहरुमा विद्यालय सञ्चालनमा 


असोज पहिलो साता दार्चुलाको अपिहिमाल, मार्मा र दुहँु गाउँपालिकाले विद्यालय सञ्चालन गरेका छन् । कोरोना संक्रमण मुक्त रहेको भन्दै अपिहिमाल गाँउपालिकाले असोज ५ गते बाट विद्यालय खोलेर पठनपाठन सुरु गरेको थियो भने मार्मा र दुहँु गाँउपालिकाले असोज १२ अर्थात सोमबारबाट विद्यालय सञ्चालन गरेको छ । स्वास्थ्यको मापदण्ड अपनाएर पढाई कक्षाहरु सुचारु गरेको दुहँु गाँउपालिकाले जनाएको छ ।  यी गाउँपालिकाहरुले उच्च स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय सञ्चालन गरेको जनाएका छन् ।