सोमबार एक घण्टाका लागी सीमा पुल खुल्यो, ७१ जना बाहिरिए ३६ जना भित्रिए 

३ बर्ष अघि

२0७७ आश्विन १२ सोमबार

सोमबार एक घण्टाका लागी सीमा पुल खुल्यो, ७१ जना बाहिरिए ३६ जना भित्रिए 



पृथ्वीराज सुनाम, असोज १२ दार्चुला । नेपाल भारत सीमाना जोड्ने दार्चुलाको झोलुङ्गे पुल सोमबार दिउँसो ३ बजे देखि एक घण्टाका लागि खुलेको छ । भारतको विभिन्न ठाउँमा काम गर्ने नेपालीहरु र नेपालमा बस्ने भारतीय नागरिक तथा विभिन्न कामले भारत जाने नेपालीहरुलाई सीमा क्षेत्रबाट ओहोर दोहोर गराईएको छ । सोमबार एक घण्टाको लागि खुलेको सीमानाकाबाट ७१ जना बाहिरिएका छन् भने ३६ जना भित्रिएका छन् । 
भारतको विभिन्न ठाउँमा काम गर्दै आएका नेपालको विभिन्न क्षेत्रका नेपालीहरु नेपाल भित्रीएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो । नेपाल भित्रीनेमा २८ जना महाकालीको, २ जना बैतडी, १ जना मार्मा तथा ५ जना मालिकार्जुन गरी जम्मा ३६ जना भित्रीएका छन् । नेपाल भित्रीएका नेपालीहरुलाई महाकाली नगरपालिकाले विभिन्न जिल्लाका पालिकाहरु सँग सम्पर्क गरी सम्बन्धित जिल्लामा पठाउने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।