शसस्त्रको चौथो विओपी स्थापना, आईतबार उद्घाटन

३ बर्ष अघि

२0७७ आश्विन ११ आईतवार

शसस्त्रको चौथो विओपी स्थापना, आईतबार उद्घाटन

दृष्टिकोण समाचार, असोज ११ दार्चुला । दार्चुला जिल्लामा शसस्त्र प्रहरीको चौथो विओपी महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तुमा आईतबार उद्घाटन गरिएको छ । सीमा सुरक्षाका लागि नेपाल सरकारले लागु गरेको सुरक्षा नीति अनुसार भारतसँग सीमा नाका जोडिएको दत्तूमाआईतबार विओपी उद्घाटन गरिएको सुदुरपश्चि प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकीले बताउनु भयो । 
सिमा क्षेत्रको सुरक्षा र नाकाहरुबाट हुने अबैध क्रियाकलाप रोक्न  सिमानाकाहरुमा सशस्त्र प्रहरीको पोष्ट राखिएका हुन् । विओपी उद्घाटन समारोहमा सुदुरपश्चिम प्रदेशका शसस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी, ४४ नम्बर गण हेडक्वाटर  दार्चुलाका गणपती नरेन्द्र बम महाकाली नगरपालिका ९ का वडा अध्यक्ष हरसिंह डागा लगायतको उपस्थिति रहेको थियो । 
यो भन्दा पहिले व्याँसको छांगरुमा शसस्त्र प्रहरीको ५० गुल्म स्थापना भईसकेको छ भने जिल्लाको दुम्लीङ, जौलजिवि, र लालीमा शसस्त्र प्रहरीको विओपी स्थापना भईसकेको छ ।