सहायक प्रमुख जिल्ला अधिकारी कुँवरको विदाई 

३ बर्ष अघि

२0७७ आश्विन ११ आईतवार

सहायक प्रमुख जिल्ला अधिकारी कुँवरको विदाई 

दृष्टिकोण समाचार,असोज ११ दार्चुला । दार्चुला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवरको एक कार्यक्रमका बीच आईतबार बिदाई गरिएको छ । २०७४ असोज १६ गतेबाट जिल्ला प्रशासन कार्यालय दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत कुवरको २०७६ चैत्र महिनामा शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा सरुवा भएको थियो ।
देशमा लकडाउन हँुदा सहयक प्रमुख जिल्ला अधिकारी हाँजिर हुन नसक्दा उहाँले नै कार्यभार समाल्दै आएका थिए । 
प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको आध्यक्षतामा भएको विदाई समारोहमा कुवरलाई फुलमाला, खादा अविर र मायाको चिनो दिई विदाई गरीएको हो । विदाई समारोहमा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । आजै कुवरलाई शैल्यशिखर नगरपालिकाले स्वगत पनि गरेको छ ।