लोप हुँदै तेल पेल्ने परम्परागत मेसिन (कोल्हु)

३ बर्ष अघि

२0७७ आश्विन ११ आईतवार

लोप हुँदै तेल पेल्ने परम्परागत मेसिन (कोल्हु)


दृष्टिकोण समाचार, असोज ११ दार्चुला । दार्चुला लगायत सुदुरपश्चिमका विभिन्न पहाडी जिल्लाहरुमा परम्परागत रुपमा तेल पेल्ने कोल्हु लोप भईरहेका छन् । पुरानो प्रविधिमा काठबाट निर्माण गरिएका मेसिनहरु लोप हुने अवस्थामा पुगेका हुन् । सरसुँ, तोरी तथा चिउरीको तेल निकाल्नका लागि निर्माण गरिएका कोल्हु विस्तारै हराउने स्थितिमा पुगेका हुन् । 
पछिल्लो समय ग्रामिण क्षेत्रहरुमा विद्युतिकरण भएसँगै आधुनिक प्रविधिका मिलहरु भित्रीए सँगै गाउँघरमा निर्माण गरिएका यस्ता प्रविधिका मेसिनहरु लोप हुन लागेका हुन् । कुनै कुनै ठाउँमा अहिले चिउरी पेल्नका लागि प्रयोगमा रहेका ति कोल्हु नयाँ पुस्ताले भने प्रयोगमा ल्याउने अवस्था रहदैन् । दुईजनाले लागेर चलाइने उक्त कोल्हुबाट ग्रामिण क्षेत्रमा तेल निकाल्ने गरिन्छ ।