दुहुँ गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरियो

३ बर्ष अघि

२0७७ आश्विन ११ आईतवार

दुहुँ गाउँपालिकामा स्वास्थ्य सामग्री वितरण गरियो


पृथ्वीराज सुनाम, असोज ११ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिकामा आईतबार तरुणदलले विद्यालयमा स्वास्थ्य सामग्री वितरण गरेको छ । दुहुँ गाउँपालिका वाड नं. २ का वडा सदस्य धनपती बडालको नेतृत्वमा भूमिराज आधारभूत विद्यालय कम्दामा कार्यक्रम गरिएको हो । नेपाल तरुणदल दुहुँ गाउँपालिका अध्यक्ष प्रकाश कार्की र सुरेन्द्र बडालको अगुवाईमा  मास्क, सेनिटाईजर, साबुन, बाल्टी, जग लगायतका सरसफाईका सामाग्री वितरण गरिएको हो ।  
विद्यालयलाई सरसफाई सामाग्री उपलब्ध गराएकोमा नेपाल तरुण दल दुहुँ गाउँपालिका अध्यक्ष प्रकाश कार्की र सुरेन्द्र बडाललाई वडा नम्बर २ को तर्फबाट धन्यबाद व्यक्त गरेको वडा सदस्य धनपती बडालले जानकारी दिनुभयो ।