कानुनी सल्लाहकारको अभावमा स्थानीय तहहरुको कानुन निर्माणमा समस्या

३ बर्ष अघि

२0७७ आश्विन १0 शनिबार

कानुनी सल्लाहकारको अभावमा स्थानीय तहहरुको कानुन निर्माणमा समस्या

दृष्टिकोण समाचार असोज १० दार्चुला । दार्चुला जिल्लाका स्थानीय तहहरुमा कानुन विज्ञको अभावले कानुन निमाणमा समस्या हुने गरेको बताएका छन ।शनिकार प्रदेश सभा बिधान तथा प्रदेश मामिला समितिको आयोजना दार्चुलामा आयोजित अन्तरकृया कार्यक्रमका सहभागिले उक्त कुरामा जोड दिएका हुन । स्थानीय तहहरुको कानुनको निर्माण प्रकृया र कानुन कार्यान्वयनका विषयमा सुझाब संकलनका लागि दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुका नगर तथा गाउँपालिका प्रमुखहरुको सहभागितामा कामर्यक्रमको आयोजना गरिएको थियो ।
प्रदेश सरकार र स्थानीय सरकारहरुले निर्माण गरेका कानुनहरु बाजिने तथा एक अर्काको हितविपरीत कानुन बन्न सक्ने भएकाले प्रदेश सरकारले स्थानीय तहहरु संग छलफल गरि सबैको हितमा कानुन बनाउन कार्यक्रमको आयोजना गरिएको विधान तथा प्रदेश मामिला समितिका संयोजक माननीय नेपालु चौधरीले बताउनु भयो ।सुदुरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा पुगि स्थानीय तहहरुले निर्माण गरीरहेका  कानुन र नितिनिर्माणका बारेमा सहकार्य गरि अवका दिन सबै तहलाई समाबेश हुने गरि निति बनाएर कानुनलाई पनि कार्यान्वयमा ल्याउन सबैले सहयोग गर्नु आश्वयक रहेको सुदुरपश्चिम प्रदेश सभा सदस्य विरमान चौधरीले बताउनु भयो ।स्थानीयत तहहरुको कानुन निर्माण प्रकृया र कानुन कार्यान्वयनको अवस्थाका बारेमा सुझाव संकलनका लागि प्रदेश सभा विद्यान तथा प्रदेश मामिला समितिको टोलि दार्चुला पुगेको छ । शनिबार दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरुका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।दार्चुला जिल्लाका स्थानीय तहमहरुमा कानुन निर्माणका लागि कानुनका बारेमा ज्ञान भएको व्यति नहुदा प्रदेश र संघिय सरकारको कानुन संग बाँझने समस्या भएका गाँउपालिका अध्यक्षहरुको भनाई रहेको थियो ।