दार्चुला जिल्लाको सीमा प्रशासन छिट्टै सञ्चाल गरिने ः गृहमन्त्री थापा

३ बर्ष अघि

२0७७ आश्विन १0 शनिबार

दार्चुला जिल्लाको सीमा प्रशासन छिट्टै सञ्चाल गरिने ः गृहमन्त्री थापा

दृष्टिकोण समाचार असोज १० दार्चुला । दार्चुला जिल्लाको व्याँसमा बन्द रहेको सीमा प्रशासन कार्यालय र अन्न सरकारी संरचनाहरु छिट्टै सुचारु हुने गृहमन्त्री राम बहादुर थापाले बताउनु भयो ।शुक्रबार व्याँस गाँउपाकिलाको छांगरुमा सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मको उद्घाटन तथा नव निर्मित भवनको सिलान्यास कार्यक्रम सकेर शनिबार दार्चुलामा पत्रकार सम्मेलन गरि उक्त कुरा बताएका हुन । दार्चुला जिल्लामा २०६५ सालबाट अधिकृत स्थरको कर्मचारी खटाएको भएपनि अहिले सम्म सिमा प्रशासन कार्यालय व्यासको छांगरुमा बस्न नसेको भएपनि अव छिटै नेपाल सरकारको उपस्थीतिका लागि सिमा प्रशासन कार्यालय सुचारु गर्ने कुरा बताएका हुन । व्याँस क्षेत्रका नागरिकले सरकारको अनुभुति हुनेगरि सुरक्षा संयन्त्र व्यवस्थापन गरिएको र अव छिटै सिमा प्रशासन कार्यालय सुचारु गर्ने तथा व्यास क्षेत्रको नागरिकको व्यवास्थापनका लागि विशेष क्षेत्र घोषण गरि शिक्षा, स्वास्थ्य र रोजगारिका कार्यक्रमहरु संञ्चालन गर्ने गृहमन्त्री थापाले बताउनु भयो ।त्यसै गरि दार्चुलाबाट निर्वाचित संघिय सांसद गणेश सिह ठगुन्नाले पहिलो पटक भारतले अतिक्रमण गरेको भुमि नजिक राज्यको उपस्थीति गराएर सरकारी अधिकारीको अनुगमन निरिक्षण गरिदा धन्यबाद दिएका छन । अहिलेसम्म कुनै पनि मन्त्रीले स्थलगत रुपमा छांगरुको भ्रमण गरेका थिएनन । मन्त्री नेतृत्वको टोलीको उच्चस्तरीय छांगरु व्यासको भ्रमणले सकारात्मक सन्देश दिएको र दार्चुलेली जन्ताको तर्फबाट दार्चुला जिल्लाबाट सांसद ठगुन्नाले धन्यवाद ज्ञापन गरेका छन ।गृहमन्त्री थापासँगै व्यासको छांगरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, लगायतका सहभागि थिए ।